नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको अध्यक्षमा भरत निर्वाचित

पाेखरा | पुस २९, २०८०

नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको अध्यक्षमा भरत निर्वाचित

पोखरा:   नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको दशौं साधारण सभा तथा पाँचौ अधिवेशनमा भरत विक अध्यक्षमा निर्वाचित भएका हुन् । 


पोखरामा शनिबार सम्पन्न भएको नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी संघको दशौ साधारण सभा तथा पाँचौ अधिवेशनमा भरतको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । 


व्यवसायी संघको प्रथम उपाध्यक्षमा मनबहादुर सुनार, द्धितिय उपाध्यक्षमा सुरेन्द्र विश्वकर्मा (रामदाम), महासचिवमा दिपेश सुनार, सचिवमा सुरेन्द्र बहादुर विश्वकर्मा, कोषाध्यक्षमा अर्जुन कुमार सुनार र सहकोषाध्यक्षमा  रमेश खड्का विक चयन भएका हुन् । 


यस्तै सदस्यहरुमा नरेश वि.क, समीर बराल सुनार, विर बहादुर सुनार, दिपक बिश्वकर्मा, सन्तोष दियाली र  सुरेन्द्र सुनार निर्वाचित भएका हुन् । यस्तै दुईजना सदस्य भने समितिको बैठकले मनोनित गर्ने जनाईएको छ । 

काठमाडौँ:  रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।   ग्रान्डी अस्पतालका अनु...

थप पढ्नुहोस्

पोखरा:   २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ ।   मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...

थप पढ्नुहोस्

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।   यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो।   मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

थप पढ्नुहोस्